
जापान । कोरोनाभाइरस (कोभिड-१९)महामारीको कारण टोकियो ओलम्पिक २०२० स्थगित हुने भएको छ ।
जापानका प्रधानमन्त्री शिन्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाचले टोकियो ओलम्पिकलाई कोरोनाभाइरस महामारीको कारण एक बर्षको लागि स्थगित गर्न सहमति जनाएका छन ।
मंगलवार फोनमा बाचसँग कुरा गरिसकेपछि आबेले पत्रकारलाई भने टोकियो ओलम्पिक २०२० र प्यारालिम्पिक अर्को वर्ष आयोजना गर्ने लक्ष्य राखि स्थगन गरेको बताउनु भयो । टोकियो ओलम्पिकको कार्यक्रमहरु अब जुलाई २४ बाट नहुने लगभग निश्चित छ । ओलम्पिक कमिटीले भने आधिकारिक रुपमा टोकियो ओलम्पिक २०२० स्थगन गरेर २०२१ गर्ने औपचारिक रूपमा केही जानकारी गराएको छैन ।
अहिलेको अवस्थामा टोकियो ओलम्पिक २०२० मा क्यानडाले सहभागि हुन नसक्ने आईओसीलाई जानकारी गराइसकेको छ भने युरोपेली देशका खेल संगठनहरुले सार्न अनुरोध गर्दै आएका थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया