कहिले आउँछ हाम्रो चेतना ?

प्रकाश बुढाथोकी,जापान । तेस्रो विश्व युद्ध भनेको यहि रहेछ सायद कोरोना भाइरस (कोभिड-१९) संक्रमणले संसार त्रसित छ सारा आतंकित छन । हजारौ मरिसके लाखौ संक्रमित छन । दिनहुँ दुई गुणाले बढ्ने क्रममा छ । बिशेषज्ञहरु भन्छन  रोकथाम र उपचार आफूले आफैलाई गर्ने हो ।

नेपालमा पनि यो रोगको लक्षण फेला परिसकेको छ । सरकारले लकडाउन गर्दै सर्बसाधारणलाई बाहिर ननिस्कन आग्रह गरेको छ ।  अधिकांशले सरकार बिरुद्ध गालीगलौज गरेको देख्छु ।

उनीहरु भन्छन यो ,त्यो गरेन रे हामीले के गरेर सरकारलाई सघायौ तरुबिदेशको जस्तो सरकार खोज्नलाइ आँफु नि बिदेशी जनता जस्तो सभ्य र असल हुनपर्छ नत्र आफु चाहि बाटोमा उफ्रिएर सरकार बिरुद्ध खनिने नियम कानूनको सधै खिल्ली उडाउने अनि भन्ने देश होस त जापान कोरिया,चीन अमेरिका जस्तो सरकार होस त्यहॉको जस्तो ? खराब जनता भएको देशमा राज्य कहिले असल भेटिदैन । तिनकुनेको दुबो चोर्ने बाटाका गमला उठाउने दुबो बचाउन प्रहरी राख्नुपर्ने पशुपतिमा सजाएको फुल चोर्ने,नियम कानुन केहि नमानेपनि हुने ,हुलदंगा भिडभाड नगर्नुभन्यो कोरोना बिरुद्ध र्याली गर्दै माईतीघरमा कोणसभा गर्न उपस्थित नहोलान भन्न सकिन्न । क्वारेनटाईनमा राखेकै मान्छे फरार भैदिने यस्ता पशुजस्ता जनताहरुको लागि प्रचण्ड,ओली,देउवा जस्ता नेतानै उत्तम छन । न्युजिल्यान्ड,चीन,जापानको जस्तो प्रम खोज्नलाइ आँफु पनि ती देशका जनता अनुसारको सभ्य हुनुपर्छ ।

जिवनको मुल कुरा भनेकै अनुशासन नै हो । हरेक मानिसले अनुशासन पालना गर्ने हो भने जस्तो बिपत्तीलाई पनी जित्न सकिन्छ सरकार प्रहरी डाक्टरको मात्रै जिम्मेवारी हैन देशका नागरिकले बुझ्नुपर्छ।चिनपछि दोश्रो नम्बरमा रहेको जापान यहॉका जनता आफैले यो रोगको बिरुद्ध लडे आफै सचेत छन।यो भाइरसलाई यमराज आयो भनेर बुझ्दा हुन्छ । पटक पटकभिडभाड नगरौ जहॉ छौ त्यही बसौ पटक पटक भनेपनि केहि नलाग्ने कस्ता मान्छे हामी ? लकडाउन भनेको  चोकमा र बाटामा बसेर गफ दिनु हो र ? दोष कस्को ? जनताको या सरकारकोरुयत्रो त्रासको वातावरण हुदॉहुदै हुल बॉधेर बाटो तिर बुझ्ने मान्छे देख्दा त नेपालीलाई अब सरकारले त के पशुपतिनाथले पनि बचाउन सक्दैनन ।

दिनरात नेता खतम भनेर नथाक्ने हामी एकहप्ता जिम्मेवार बन्न सक्दैनौ भने यस्ता गैरजिम्मेवार नेपालीको लागि यिनै नेतानै लायक छन राज गर्न लकडाउन भनेको चेस खेल्न ,क्यारम खेल्न ,खसी काटेर खान साथीहरू भेटघाट गर्न चौतारीमा गफिन भनेर सरकारले बिदा दिएको हैन । धेरैको बुझाई नेपाल बन्द जस्तै रह्यो सॉझ ५ बजेपछि बन्द बाहिर निस्के हुन्छ बुझाई गलत भयो । बिन्ति बाबुआमाको काजकृया गरेको जसरी सम्झेर कतै नजानुस यो त सरकारले बिदा किन दियो भनेर बुझ्नुस अहिले त आफ्नो घर भित्र बसि आफू र अरुलाइ कोरोनाबाट जोगाउन दिएको अवसर हो । आफ्नो सुरक्षा भनेको आँफैले गर्ने हो ।

सरकारले एउटा नियम लागू गर्ने हो पालना गर्नुपर्ने  हामीले नै हो।हामीसंग उच्च प्रबिधि,उपकरण र पर्याप्त स्वास्थ्यकर्मी,सुविधा विहिन स्वास्थ संस्थाका बीच हामी कसैको डर नमानी निर्धक्क हिडिरहेका छौ । चुपचाप कतै बस्नै नसक्ने कस्तो घुमन्ते बानी हाम्रो।बजारमा कालो बजारिया र बिचौलियाहरुको बिगिबगि छ केहि ब्यापारीहरु यहि मौका पारेर लुट धन्दामा ब्यस्त छन । दुनिया कोरोनासंग लडिरहेको बेला स्वास्थ्य जस्तो संबेदनशिल बिषयलाई बेवास्था गर्दै कमाउन लागि पर्नेहरु देख्दा भन्न मन लाग्छ ।

दुई पैसा लोभको लागि दुई नम्बरी काम गर्दा भोली तपार्इको ती कलिला दुई सन्तान यो भाइरसबाट सङ्क्रमित नहुन । यो मानवता अनि सहानुभूति देखाउने,दर्शाउने बेला पनि हो ।सजग,सतर्क,संयमित बनौ र सचेत नागरिकको परिचय दिउन है केहि दिन ?

फेसबुकबाट तपाइको प्रतिक्रिया