आवश्यक परे होटल क्वारेन्टाइन बनाउन दिन्छौं : होटल व्यवसायी

काठमाडौं । साना तथा मझौला होटल व्यवसायीहरुले सरकारलाई आवश्यक परे आफ्नो होटल क्वारेन्टाइन बनाउन दिने प्रतिवद्धता जनाएका छन् ।

होटल व्यवसायी महासंघको अगुवाईमा शनिबार भएको बैठकले (कोरोना भासइस कोभिड १९) को नियन्त्रणका लागि आवश्यक परे उपत्यकामा रहेका होटलहरु क्वारेन्टाइन बनाउन दिने निर्णय गरेको हो । उपत्यका बाहिर पनि सम्बन्धित जिल्ला अध्यक्षहरुसँग समन्वय गरी देशभर क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्ने निर्णय गरेको महासंघका अध्यक्ष हिराध्वज शाहले जानकारी दिए ।

‘सरकारले स्वास्थ्यकर्मी र सुरक्षाको विशेष प्रवन्ध मिलाए हामी निःशुल्क आफ्ना होटलहरु क्वारेन्टाइन बनाउन दिने बताउनु भएको छ ।

काठमाडौंका होटलहरुमा मात्र ३० हजार कोठा उपलब्ध हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया