काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि आवश्यक सामाग्री चीनबाट नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निगमको विमानले आज आईतवार बिहान ५:३० बजे सामग्री काठमाडौं ल्याइपुर्याएको हो ।
त्रिभुवन विमानस्थल कार्यलयका अपरेसन विभाग प्रमुख बिपु जुहार्चनले चिनियाँ सामाग्री नेपाल आइपुगेको जानकारी गराए । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले पहिलो ब्याचमा आपतकालीन रोकथामका लागि आवश्यक पर्ने मास्क लगायतका वस्तुहरू नेपाल आउन लागेको ट्वीटरमार्फत जानकारी गराएकी थिइन् । ज्याक्मा फाउण्डेसन र अलिबाबा फान्डेसनले प्रदान गरेका सामान काठमाडौं आइपुगेका हुन् ।
राजदूत यान्छीले कोरोनाविरुद्धको लडाईंमा चीन नेपालको साथमा रहेको बताएकी थिइन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया