जापान । जापानको राजधानी टोकियोमा एकैसाता तीन जना नेपालीको असामयिक निधन भएको छ ।
टोकियोमा २४ तारिख सोमबार ३३ वर्षीय लोकराज धामीको मृत्यु भएको थियो । सुदुरपश्चिमको बझाङ जिल्ला छबिस पाथिभारा १ गाउँपालिका घर भई हाल टोकियोको ओचुकामा बस्दै आएका धामीको हृदयघातको कारण मृत्यु भएको थियो । निधन भएका धामी सन २०१७ मा विधार्थी भिषामा जापान प्रवेश गरेका थिए । धामीका नेपालमा श्रीमती ,एक छोरा र एक छोरी छन ।
धामीको दाहसंस्कारको लागि सुदुरपश्चिमेली समाज जापानले आर्थिक संकलन अभियान गर्दै नेपाली विधार्थी समाज जापान र प्रवासी नेपाली एकता मंचले समेत सहयोगको अपील गरेको छ ।
चिनमाया तमुको मुटुको उपचारको क्रममा मृत्यु
नेपालको स्याञ्जा घर भई सपरिवार जापान बस्दै आउनु भएकी चिनमाया तमुको मुटुको उपचारको क्रममा मृत्यु भएको छ । मार्च २७ मा ३३ वर्षिय स्व.चिनमाया तमुको मृत्यु भएको हो ।
स्व.चिन मायाको श्रीमान बुबाको हालसालै मृत्यु भएकोले श्रीमान कर्मकाण्डको शिलसिलामा नेपालमा रहेको र कोरोनाको कारण नेपालमा लकडाउन भएकोले जापान तुरुन्त फर्कन नसक्ने भएको छ । एक छोरा र एक छोरी जापानमै रहेको परिस्थितिमा स्व.चिनमायाको परिवारमा यस्तो अतिनै अप्रिय घटना घटेको हुँदा दुखद घडीमा तमु धीँ जापानले आर्थिक सहयोगको सबैलाई अपिल गरेको छ ।
५२ बर्षकी ममता धमलाको अकस्मात निधन
ओखलढुंगा माईती भएर हाल चिबा जापानमा बस्दै आएकी सम्झना धमालाले आफ्नो बच्चा जन्मिने समयमा भिजिट भिषामा आमालाई जापान बोलाएर बिगत ४ महिनादेखी जापानमै बस्दै आउनुभएकी ५२ बर्षकी ममता धमलाको बिगत एक हप्तादिनदेखी अकस्मात स्वस्थ अवस्था बिग्रिएर फुनाबसी सिरीचु अस्पतालमा लैजाँदा,रगत मा ब्याक्टेरियाको प्रभाव रगत भरि छरिएसंगै फोक्सोमा पनि जटिल समस्या देखिएर उपचार गर्दा गर्दै मृत्यु भएको ओखलढुंगा समाज जापानले जनाएको छ ।
तिनै जना सामान्य परिवारका भएकोले जापानमैं अन्तिम दाहसंस्कारका लागि आर्थिक संकलन अभियान चलाएकोले सम्यूर्ण जापानवासी नेपालीलाई सहयोगको अपिल पनि गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया