
काठमाडौं । विश्वभरि महामारी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिन नदिन नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले २५ गते १२ बजेसम्म लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत मंगलबार बिहान ६ बजेबाट लागू हुनेगरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । यो लकडाउन चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ । लकडाउनको अवधि सकिन दुई दिनअघि उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप गर्नुपर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमनमा लगाएको रोक चैत २५ गते राति १२ बजेसम्म कायमै राख्ने निर्णय गरेको हो । यस्तै, संक्रमण रोग ऐन आदेशलाई पनि चैत २५ सम्म कायम राख्ने निर्णय गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया