कोरोना भाईरसको संक्रमण टोकियोमा घट्यो,सोमवार १३ जनामा पुष्टि

जापान । बिश्वभरि महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस कोभिड-१९ जापानको राजधानी टोकियोमा घटेको छ ।

सोमवार आज टोकियोमा कोरोना भाइरसबाट संक्रमित १३ जना मात्र नयाँ बिरामी थपिएको एनएचकेमा समाचार छ ।

हिजो आइतवार ६८ जना कोरोना भाईरस संक्रमित भेंटिए पनी हिजोको तुलनामा ५५ जना घटेका छन्।  टोकियोको एक करोड ३० लाख जनसंख्या मध्ये अहिलेसम्म जम्मा ४४३ जना संक्रमित भएका छन् ।

टोकियोमा कोरोना संक्रमितको उपचारका लागि टोकियोमा ५ सय बेड बनाएको छ । चाडै नै ४ हजार बेड तयार पार्ने योजनामा छ। कोरोनाको विश्व महामारीको कारणले स्थगित गरिएको टोकियो ओलम्पिक्स अर्को वर्षको जुलाई २३ तारिकमा गरिने निर्णय गरिएको छ। आइतबार जापानका चर्चित हास्यकलाकार सिमुरा केनको कोरोनाका कारण मृत्यु भएको समाचारले केहि त्रास फैलिएको जापानीबीच आजको कोरोना संक्रमित संख्या घटेको समाचारले केहि राहत मिलेको छ ।

सोमबार साँझ टोकियोकी गभर्नर युरीको कोइकेले एक पत्रकार सम्मेलन गरि अत्यावश्क काम, कार्यालय समयपश्चात भिडभाड हुने रेस्टुरेन्ट, बार तथा नाइटक्लब आदि ठाउँमा नजान,अनावश्यक बाहिर ननिस्कन आव्हान गरेकी छन् । कोभिड-१९ को महामारीले सर्वसाधारणमा त्रसित परिस्थितिमा पनि सरकारको नेतृत्व तहबाट सकारात्मक संदेश प्रवाह गर्दै जनतालाई सचेत रहन सुझाव दिएको छ।

गभर्नर कोइकेले कोरोना प्रकोपको बारेमा विज्ञ समितिको गहन अध्ययन अनुसन्धानको नतीजा अनुसार सरकारले समयसापेक्ष निर्णय गर्दै जाने बताएकी छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया