लकडाउन कार्यान्वयन गर्न प्रहरीले जनतालाई कुटनै पर्छ ?

शंकर लिम्बु :

भारतमा कोरोना नियन्त्रणको निम्ति लकडाउन पालना नगर्ने भनिएका मान्छेलाई सडकमा पुलिसले लखेटि लखेटि पिटेका भिडियो सामाजिक संजालमा भाइरल भए । ठीक गर्यो भन्ने कमेण्टहरु निकै देखिए ।

नेपालमा पनि लकडाउनको निर्णय पश्चात् कतिपय शहरी क्षेत्रमा पुलिसले सर्बसाधारणलाई कुटपीट गरेको र प्रष्ट सूम्ला उठेको (Bruises) भिडियो पोष्टमा “ठोकेर ठीक गर्यो ” भन्ने कमेण्टहरु आए । तर पछिल्ला समयमा यी भनाईहरु मत्थर हुँदै गए । उल्टै, यो त अति नै भयो भन्ने कुरा लेखिन थाले । त्यसता घट्नाका विरुद्धमा सम्बन्धित निकायले अनुसन्धान तथा कारबाही थालिएका समचारहरु पनि आउन थाले । यसबाट पुलिसले कुटो स्भन्दा पनि कोरोनाको महामारीलाई संवेदनशील नबनेकोप्रति आक्रोस्को प्रतिक्रियात्मक अभिब्यक्ति भन्दा बढि देखिएन ।

अर्को पाटामा, कोरोना संक्रमण कवच (पीपीइ) बिना नै ज्यान जोखिम मोल्दै भोक तिर्खा नभनी लकडाउन पालना गराउन हिड्ने प्रहरीको काम त्यतिकै उच्च सम्मानको भागीदार छ । प्रहरीलाई कतिपयले जनताले खाजा पानी दिएको पोष्टले प्रहरीको हालको कामप्रति जनताको आत्मीयता देखिन्छ ।

विश्वका एक तिहाई देशहरुमा कोरोना संक्रमणको गतिलाई धिमा गराउन लकडाउन लागू गरिएको छ (विजनेस इन्साइडर २९ मार्च २०२०) । वेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रहरीलाई जरिवाना गर्ने र भीडलाई तितरवितर गर्ने आदेश दिएको छ (द टेलिग्राफ३१ मार्च २०२०) । केही अपवादलाई छाडेर प्राय सबै देशका प्रहरीले मानिसहरुलाई लकडाउन पालना गराउन सर्वसाधारणलाई कुटपीट लगायतका जबरजस्ती उपाय forced measures) अवलंबन गरेका देखिन्छन् । नेपाल सरकारले संक्रमण रोग नियन्त्रण ऐन २०२०लाई दृष्टान्त दिएर लकडाउन लागू गरे पनि प्रहरीलाई कस्तो अधिकार दिइएको छ त्यसबारे प्रष्ट खुलाइएको छैन । प्रहरीका राम्रा कामहरुलाई उल्लिखित घट्नाहरुले छोप्ने काम भइरहेको प्रति चिन्ता गर्न सकिन्छ ।

लकडाउनमा समुदायको परिदृष्य

राज्यको भन्दा समुदायको लकडाउनको पृथक परिदृष्य देखिन्छ । थकाली आदिवासीहरुको पुख्यौली थलो थासाङ अन्तरगतको नाउरीकोटमा कोरोना संक्रमणबाट जोगिन प्रथाजनित संस्था (घम्प)ले स्थानहद (Lockdown) को सामुहिक निर्णय गरेको छ । घम्प नर बहादुर गौचन तथा स्थानीय शिक्षिका मनदेबी गौचनका अनुसार, नाउरीकोटबाट कोही पनि मानिस बाहिर नजाने र बाहिरियालाई प्रबेश गर्न नदिन कडा निगरानी राख्ने । नाउरीकोटका बाहिर गएकालाई यथास्थानमा नै रहने गाउँमा नआउने । कसैले यसको उल्लंघन गरे रु ५००० जरिवाना गर्ने, अरु गाउँमा पनि त्यस्तै निर्णय गर्न लगाउने र स्थानीय निकाय र प्रहरीसँग एवं रीतले समन्वय गर्ने निर्णय गरिएको छ । त्यहाँ निर्णयमा छिसिक्क तलमाथि नभई स्वस्र्फुत सामुदायिक लकडाउन (Community Lockdown) पालना गरिनुकासाथै एकएक मान्छेहरुको स्व–निगरानी भइरहेछ । उहाँहरुको अनुसार त्याहाँ कसैलाई प्रहरी लाएर डन्ठयाउनु परेको छैन, नत हालसम्म जरिवाना नै गर्नुपरेको छ । घम्प प्रणाली हजारौं बर्षदेखि थकालीहरुले निरन्तर अभ्यास गर्दै आएको प्रथाजनित प्रणाली (Customary System of Thakalis) हो जसलाई अरुले तेह्रमुखिया प्रणाली भन्छन् (नायरायण प्रशाद क्षेत्री, मुस्ताङ दिग्दर्शन, साझा प्रकाशन २०४४) ।

बाह्रगाउँले आदिवासीको परम्परागत संस्था (मुखिया प्रणाली) ले कोरोना संक्रमणको सुरक्षणको लागि ल्होगा (गुठी घर) लाई आइसोलेसन स्थान बनाएका छन् । भने घरमै रहने बाहिर हिडडुल नगर्ने लगायतबारे परम्परागत तरिकाले ह्रोलो (सूचना ) दिइसकेको पुर्ब संविधानसभा सभासद टासी स्याङबो गुरुङसेनीले बताउनु भएको छ । त्यस्तैः कोरोना संक्रमण नियन्त्रण गर्न लकडाउन लगायतको सूचनादिने काम मोरङ र झापामा आदिवासी सन्थालहरुको परम्परागत संस्था (मझीहडम)ले गरेको छ तर अहिले समुदायमा कतिपयलाई लकडाउनले खाध्यान्न संकट लगायतको समस्या पनि देखिएको समाजसेवी तथा मझीहडमको बारेमा जानकार सत्य नारायण हास्दा बताउनु हुन्छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन दाङ, बाँके बर्दिया, कैलाली, कञ्चनपूरमा थारुहरुको संस्था (बडघर, भलमन्सा र महटँवा) ले समुदायमा प्रभावकारी काम गरी आएको देखिन्छ ।

पुर्व भुमिसुधार मन्त्री डा.गोपाल दहितका अनुसार बडघर चिरकियासंग स्थानीय निकायले समन्वय गरी कोरोना संक्रमण नियन्त्रणका सूचना तथा काम प्रभावकारीरुपमा स्वस्फुर्तरुपमा अगाडि बढेको छ । समुदाय स्तरमा सरकारी निकाय वा प्रहरीले कारबाही गर्नुपर्ने अवस्था नै छैन । बाँकी…

फेसबुकबाट तपाइको प्रतिक्रिया