
टोकियो । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९ )को जापानमा संक्रमण झनै बढ्नेक्रममा छ । जापानमा हिजो बुधबार ५४९ जनामा पुष्टि भएको छ । टोकियोमा कोरोना संक्रमित हिजो अप्रिल १५ तारिख १२७ जना पुष्टि भएको थियो ।
बुधवार टोकियोभित्र १२७ जनासहित जापानभर ५४९ कोरोना संक्रमण पुष्टि भएको एचएचके अनलाईनले उल्लेख गरेको छ । हालसम्म जापानमा ८७२२ जनामा पुष्टि भएको छ भने पानी जहाजभित्र ७१२ यात्रुसहित ९४३४ जनामा संक्रमण भैसकेको छ । हालसम्म टोकियोभित्र मात्र २,४४६ पुगेको छ । जापानभर कोरोनाले १७८ जनाको मृत्यु भएको छ भने क्रुज पानी जहाजभित्रको यात्रुहित हलसम्म १९१ पुगेको छ । हिजो बुधबार मात्र जापानमा टोकियोमा ६ जनासहित १६ र पानी जहाजको यात्रु १ जना गरि १७ जनाको मृत्यु भएको थियो ।
हालसम्म जापानमा २ जना नेपाली एक महिला र एक पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको नेपाली दुतावास जापानले जनाएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया