टोकियो । कोरोना भाईरस नियन्त्रणको लागि आपतकाल घोषणा गरेपछि सरकारले अनुदान दिने भनेको प्रतिव्यक्ति १ लाख येन पाउने तरिका सार्वजानिक भएको छ ।
सोमबार जापानको आन्तरिक मामिला तथा संचार मन्त्रालयले पत्रकार सम्मेलन गरी १० मान अर्थात १ लाख येन दिने बिषयमा जापानी नागरीकहरु बाहेक विदेशी नागरिकले पनि पाउने जनाएको छ । जापानमा ३ महिनाभन्दा लामो भिसा लिएर जापानमैं बसोबास गर्दै आएका विदेशी नागरिकले पनि सो सुविधा पाउने एनएचकेले जनाएको छ । जसको लागी यहि अप्रिल महिनाको २७ तारिख सम्ममा उक्त ब्यक्तिको जापानको स्थानिय निकायमा वासिन्दा दर्ता गरेको हुनुपर्ने जनाएको छ ।
जापानको आन्तरिक मामिला तथा संचार मन्त्रालयले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार जापानमा १० मान अर्थात १ लाख येन दिने यस्तो छ प्रक्रिया
- १० मान अर्थात १ लाख येन प्राप्त गर्ने सम्वन्धित कार्यविधि अनुसार यो जापानी तथा विदेशी पनि पाउने छन् २ नगरपालिकाबाट पठाईएको आवेदन फारममा विवरणमा पघरमुली र सदस्यहरुको विवरण पहिलेनै लेखेर पठाईएको हुन्छ ।
- उक्त आवेदन फारममा सबैको नाम उमेर, पाउने रकम आदि उल्लेख गरिएको हुनेछ ।
- घरमुलीको नाममा रहेको बैंक वा वित्तिय संस्थाको खाता नम्वर लेख्ने र उक्त खाता नम्बर सहि हो भन्ने प्रमाण रहेको खाताको फोटोकपी र परिचयपत्रको फोटोकपी हालेर नगरपालिकामा पठाएमा परिवारका सबै जनाको रकम घरमुलीको खातामा आउनेछ । उक्त चिठ्ठी फिर्ता पठाउने खाम पनिसँगै आउनेछ ।
- तपाईसँग माई नम्वर कार्ड रहेको छ भने तपाईले अनलाईनबाट समेत आवेदन फारम भर्न सक्नुहुनेछ तर यसको तरिकाहरुबारे भने अहिले केही बताईएको छैन ।
- यदि परिवारका कुनै सदस्यको विवरणमा चेक गर्न छुटेमा सरकारले प्रदान गर्ने अनुदान लिन बाट बञ्चित हुनेछन् ।
- हरेक नगरपालिका र गाउँहरुले राहत रकम वितरणको लागि फाराम लिन सुरुग र्ने मिति र बन्द हुने मिति आफैं घोषणा गर्नेछन् ।
- आवेदन फारम भरेर बुझाउन तीन महिनाको अवधि तोकिनेछ ।
- ९आवेदन फाराम बुझेपछि हरेक नगरपालिकाहरुले १० मान राहत रकम भुक्तानीको मिति समेत निर्धारण गर्नेछन् ।
- तपाईलाई जापान सरकारले प्रदान गर्न लागेको राहत आवश्यक छैन भन्ने लागेमा वा तपाई कोरोना भाईरस संक्रमणको असरबाट प्रभावित हुनुहुन्न भने म लिन्न भन्न पाउनुहुन्छ ।
- आन्तरिक मामिला र सञ्चार मन्त्रालयले सकभर अर्को महिना अर्थात् मे को सुरुवातबाटै यो प्रक्रिया सुरु गर्ने तयारी रहेको बताएको छ ।
- यो सहयोग फिर्तागर्नु पर्ने छैंन ।
फेसबुकबाट तपाइको प्रतिक्रिया