नागरिकता ऐनमा कांग्रेसको निर्णयप्रति कमल थापाको आपत्ति

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नागरिकता ऐनको विवादमा नेपाली कांग्रेसले २०६३ को व्यवस्था कायम हुनुपर्ने भनि लिएको अडानप्रति आपत्ति जनाएका छन्।

‘श्री ५ वीरेन्द्रले लालमोहर लगाउन अस्वीकार गरेको र सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको राष्ट्रहितविपरीतको नागरिकता ऐन ०६३ लाई आन्दोलनको रापतापमा लागू गरि दशौं लाख विदेशीलाई नेपाली नागरिकता वितरण गरेको तथ्य सर्वविदित छ। अहिले सोही ऐनको व्यवस्था ब्युँताउने कांग्रेसको प्रयास आपत्तिजनक छ,’ थापाले ट्वीटरमा लेखेका छन्।

थापाले १अर्ब ३० करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसँग बिहे गर्नेले नागरिकताका लागि दरखास्त दिन कम्तिमा ७ वर्ष पर्खनु पर्ने व्यवस्था रहेकोप्रति ध्यानाकर्षण गराएका छन्।

‘३करोड जनसंख्या हुने नेपालले ७ वर्षको आधार राख्न खोज्दा विरोध गर्नु आश्चर्यजनक छ,’ थापाले लेखेका छन्, ‘के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो? यस विषयमा कांग्रेसको ताल देखेर आश्चर्य लाग्छ ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया