जनजाति प्रतिष्ठानको कार्यकारी उपाध्यक्षमा गोकुल घर्ती नियुक्त

ललितपुर । नेपालको आदिवासी जनजातिहरुको उत्थान र विकासको लागि काम गर्दै आएको सरकारी निकाय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त हुनु भएको छ ।
उपाध्यक्ष नियुक्तिका लागि बनेको सिफारिस समितिको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले घर्तीलाई उपाध्यक्षमा नियुक्ति गर्नु भएको हो ।
प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको समितिको सिफारिसमा घर्ती नियुक्त भएका हुन् । सो समितिमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम र ज्ञानेन्द्र पुनमगर थिए । सिफारिस समितिले घर्तीसहित अन्य दुई जनाको नाम सिफारिस गरेका थिए ।
प्रतिष्ठानको अध्यक्ष तथा प्रधानमन्त्री ओलीले घर्तीलाई नियुक्त गरेका हुन् । प्रतिष्ठानको कार्यकारी पद उपाध्यक्ष रहने व्यवस्था छ । उपाध्यक्षको कार्यकाल चार वर्षको रहने व्यवस्था छ ।
घर्ती तत्कालीन नेकपा एमाले संसदीय दलको सचेतक थिए । उनी पार्टीको आदिवासी जनजाति इञ्चार्ज पनि थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया