
काठमाडौं । वस्तुको प्रत्यक्ष विक्रीको नाउँमा केही कम्पनीहरुले नेटवर्किङ व्यवासय गरेको विषयमा सचेत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरी मंगलबार विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पिरामिड प्रकृतिको नेटवर्किङ व्यवसाय गर्नेगरी शंकास्पद गतिविधि गर्ने कम्पनीहरुलाई सचेत गराइएको बताएका हुन् । नेपालमा नेटवर्किङ र मल्टी लेभल मार्केटिङलाई अवैधानिक मानिएको छ ।
त्यस्ता कम्पनीहरुलाई विभागले क्लिनचिट दिएको भन्ने विषयमा सत्यता नरहेको उनको भनाइृ छ । केही कम्पनीमाथि शंका लागेकाले सचेत गराइएको र फेरीपनि त्यस्तै हर्कद देखाए कारबाही गरिने उनले बताए ।
कानूनी रुपमा आउनेलाई प्रोत्साहन गर्ने तर कानून विपरित गतिविधि गर्नेलाई कारबाही गरिने महानिर्देशक सुवेदीले बताए ।
विभागबाट प्रत्यक्ष वस्तु विक्री गर्न इजाजत लिएका केही कम्पनीहरुले मल्टी लेभल मार्केटिङ (एमएलएम) गर्ने कम्पनी भन्दै पिरामिड शैलिमा मार्केटिङ गरिरहेका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया