पशुपति गुरु योजनाको काम स्थगित,तीन सदस्यीय समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषले बनाएको गुरुयोजनाका बारेमा सरोकारवालाहरुसँग छलफल गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

आइतबार सरोकारबालासँगको छलफल पछि मन्त्री योगेश भट्टराईले एक महिना गुरुयोजनाको काम स्थगित गरेर सरोकारवाला निकायसँग छलफल गर्न तीन सदस्यीय समिति गठन गरेका हुन् ।

समितिलाई एक महिनाभित्र सरोकारवालासँग छलफल गरेर प्रतिवेदन बुझाउन भनिएको छ । गत पुस १९ गते कोषको बैठकले पारित गरेको गुरुयोजनामा पशुपति क्षेत्रभित्रका पुराना बस्तीहरु उठाउनेसम्मको योजना समेटिएपछि स्थानीयबासी आन्दोलनमा छन् ।

छलफलमा नेपाली कांग्रेसका नेता गगन थापाले यस स्थानबाट स्थानीयलाई हटाउन खोजे सांस्कृतिक विषय लोप हुँदै जाने बताएका थिए । मन्त्री भट्टराईले पशुपति क्षेत्रमा हुने जात्रा र पर्वहरु सञ्चालनका लागि अक्षयकोषको स्थापना गर्नुपर्ने बताए । छलफलमा मन्त्री भट्टराईले १० करोडको अक्षयकोष निर्माणका लागि प्रस्ताव गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया