
मेलम्ची । आइतबार राति गएको पहिराले मेलम्ची बजारका आठ जना बेपत्ता भएका छन् । अबिरल बर्षाका कारण मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची बजारमा पहिरो गएको हो । १ जनाको जिवितै उद्धार गरिएको छ । जिल्लाकै बरुवामा पनि २ जना बेपत्ता भएको स्थानियले जानकारी दिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सभापति कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।
पहिरोको कारण मेलम्ची बजारमा निर्माण हुदै गरेको कभर्ड हलमा काम गर्ने मजदुर बेपत्ता भएका इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । बेपत्ताहरुको उद्धारकार्य जारी रहेको छ । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयले बेपत्ताको खोजी कार्य गरिरहेका छन् ।
त्यस्तै बाह्बिसे नगरपालिका २ कर्थलीमा पनि भीषण पहिरो गएको छ । घट्टेखोलाको छयाप्लुङभीरमा पहिरो आउँदा ५ घर पूर्णरुपमा क्षति भएका छ । पहिरोले २० घर उच्च जोखिममा परेका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया