कोरोनाभन्दा नेकपाको भाइरसले देशलाई दुःख दिइरहेको छ: मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई कोरोनाभन्दा नेकपाको भाइरसले दुःख दिइरहेको बताएका छन् । पार्टीमा चर्किएको आन्तरिक विवादतर्फ संकेत गर्दै मुख्यमन्त्री गुरुङले पार्टीभित्र देखिएको भाइरसको खोप अनुसन्धान गर्नुपर्ने बताउन भयो ।
नेकपा गण्डकी प्रदेश, इन्चार्ज समेत रहनु भएका मुख्यमन्त्री गुरुङले ५ वर्ष यही सरकारलाई निरन्तरता दिनुको विकल्प नभएको बताउनु भयो । अस्थिर सरकारका कारण देशले दुःख खेपेको र अहिले सरकार परिवर्तन गर्दा लोकतन्त्र र राष्ट्रियतामाथिकै प्रहार हुने जिकिर गनु भएके छ ।
नेपाल आदवासी जनजाति पत्रकार महासंघ, गण्डकीले मंगलबार पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले भन्नु भयो अहिले हामी संक्रमण नै संक्रमणमा छौं, अत्यास नै अत्यासमा छौं । तर कोरोनाले भन्दा पार्टीको भाइरसले दुःख दिइराछ ।’ जनताले कम्युनिस्ट पार्टीलाई ५ वर्षसम्म सरकार सञ्चालनको जिम्मेवारी दिएको मुख्यमन्त्री गुरुङले बताउदै ‘सरकारको कमजोरी छ भने छलफल गर्ने हो, तर सानो गल्तीमा सरकार फेरेर जनताको जनमतको अपमान गर्ने अधिकार नभएको बताउनु भयो ।
अहिलेसम्मका आम निर्वाचन र सरकार सञ्चालनमा भएको अस्थिरताबाट सिक्दै यो सरकारलाई ५ वर्ष सञ्चालन गर्न दिनुपर्ने मुख्यमन्त्रीले जोड दिनभयो । ‘१५ सालमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गर्‍यो, तर ५ वर्ष सरकार सञ्चालन गर्न सकेन । ४८ सालमा फेरि कांग्रेसले बहुमत प्राप्त गर्‍यो तर, अहिले नेकपामा जस्तै झगडा कांग्रेसमा भयो । ५१ सालमा कसैले बहुमत ल्याउन सकेन । ०५६ मा कांग्रेसको फेरि बहुमत आयो, तर झगडाले पूरा सरकार सञ्चालन गर्न सकेन,’ मुख्यमन्त्री गुरुङले भने, ‘७४ सालमा आएर बल्ल कम्युनिस्टले बहुमत ल्यायो । २ वटा पार्टी एकता भयो । त्यसकारण इतिहास रच्ने हो भने कुनै दायाँ बायाँ नगरी यो सरकारलाई सरकार सञ्चालन गर्न दिऊँ ।
कम्युनिस्टले मात्र बहुमतको सरकार टिकाउन सक्यो, लोकतन्त्र, गणतन्त्रको जग बसाल्न सक्यो, समाजवादको यात्रा तय गर्न सक्यो भनेर देखाउने बेला आएको भन्दै नेपालमा कुनै पनि पार्टी विवादरहीत नरहेको र नेताहरुले विवादमात्रै गर्ने संस्कार बसालेको बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया