जापानका प्रधानमन्त्री शिन्जो आबेद्वारा पदबाट राजिनामा घोषणा

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन । शुक्रवार जनताको नाममा सम्बोधन गरि भावुक बन्दै आबेले राजिनामा दिएका हुन ।
सम्बोधनको क्रममा आफ्नो नागरिकलाई साथ,सहयोग गरेकोमा धन्यवाद दिएका छन् । जापानका प्रधानमन्त्री आवेले ८ वर्षको कार्यकालपछि आज राजिनामा दिएको हो । केहीदिन अघिदेखी स्वास्थ्यमा समस्या आएको कारण आवेले राजिनामा घोषणा गरेका हुन् ।
सम्बोधनको क्रममा जापानमा कोरोना भाईरस संक्रमणले पारेको प्रभाव र समाधान,अन्तराष्ट्रीय सम्बन्ध लगाएतको विषयमा चिन्ता व्यक्त गर्दै अर्कों बन्ने नेतृत्वले मध्यनजर गर्ने निश्वास व्यक्त गरेका छन ।
ठूलो आन्द्राको समस्याको कारण एक महीनाअघिबाट उपचाररत आबेले अस्वस्थ भएपछि देशलाई हानि हुने बताउदै राजिनामा दिएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।
जापानी इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदभार सम्हालेका सिन्जो आबेले आफूलाई रोगले दुःख दिएकाले आफ्नो अबस्थाले जापानको राष्ट्रिय राजनीतिमा असर नपरोस भन्ने हेतुले राजीनामा दिने निर्णय गरेको बताए ।
आबेले आफ्नो कार्यकालमा जापानी जनताको सहयोगले जापानको अर्थतन्त्र,विकास तथा अन्तराष्ट्रीय कुटनीतिक सम्बन्धलाई कायम राख्न सकेको कुरामा सन्तोष व्यक्त गर्दै आफुले गर्न नसकेका कामलाई माफी मागेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया