
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५९ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।
काठमाडौंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४४,२३६ पुगेको छ । पछिल्लो २४ घण्टामा पीसीआर १३,६३८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६,५६१ जना रहेका छन् ।
आइसोलेसनमा १८,४०४ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार थप १३५४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २५,५६१ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा १५१ जना र भेन्टिलेटरमा २६ जनाको उपचार भइरहेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया