एनबिए जापानको फुकुओका क्षेत्र गठन,अध्यक्षतामा बद्री पौडेल

टोकियो । जापानमा नेपाली व्यवसायीहरूको संस्था नेपाली व्यवसायी संघ(एनबिए)जापानले आफ्नो फुकुओका(क्यूशु) क्षेत्रीय समिति गठन गरेको छ ।
शुक्रवार फुकुओका प्रथम अधिवेशन गरि अध्यक्षमा ब्यवसायी बद्री पौडेललाई सर्वसम्मत चयन गरेका छन् ।
यस्तै १३ सदस्य रहेको समितिको वरिष्ठ उपाध्यक्षमा विपिन कँडेल, उपाध्यक्षमा प्रकाश लामिछाने, सचिवमा रोशन राई, सहसचिवमा हरि रेग्मी,कोषाध्यक्षमा विवेक बुढाथोकी र सहकोषाध्यक्षमा भवनाथ गैरे चयन भएका छन ।
यस्तै सदस्यहरूमा मिलन बस्नेत, दयाराम कँडेल,विशाल केसी, रुपक गैरे,धुव्र गैरे,हरि सापकोटा (नागासाकी) चयन भएका छन ।
एनआरएनए आईसीसी कोषाध्यक्ष महेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा एनआरएनए एसिया प्यासिफिक संयोजक गोविन्द श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी,टंक गैरे लगायतको सहभागिता रहेको थियो ।
एनविएका सचिव बावुराम पौडेलले संचालन गरेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष बिजय थकालीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा एनबिएका वरिष्ठ उपाध्यक्ष ददीवल खड्का,कोषाध्यक्ष नरबहादुर थापा,नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तथा एनविएका सदस्य तिलक मल्ल लगाएतको उपस्थित रहेको थियो ।
एनबिए जापानका अध्यक्ष विजय थकालीले यस संस्थाको फुकुओका क्षेत्रिय समिति बिस्तारको क्रममा उपस्थित एनआरएनएका अभियन्ता तथा उपस्थित सम्पूर्ण व्यवसायीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया