काभ्रेपलाञ्चोक । युवा नेता तथा समाजसेवी सुजन भण्डारीको नेतृत्वमा भुम्लु गाउँपालिका २ सिम्थलीका सबै विद्यालयहरु र जन बस्तीमा जनचेतनाका लागि घरदैलो कार्यक्रम सहित स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
नेपाल विद्यार्थी संघ काभ्रेका उप–सभापति एवम् श्री अरुणोदय मा.वि पूर्व विद्यार्थी मञ्चको सस्थापक अध्यक्ष समेत रहेका भण्डारीले सिम्थलिको प्रत्येक विद्यालयमा मास्क, साबुन र सेनेटाइजर लगाएत स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
अरुणोदय मा.वि.मा पुनः प्रयोग हुने कपडाको ४ सय ५० थान मास्क १ सय थान सर्जिकल मास्क ५।५ लिटर सेनेटाइजर ८० थान हातधुने साबुन,४ थान हार्पिक ४ फिनेल लगायत सामग्री प्रधानध्यापक निर्मला खड्कालाई हस्तान्तरण गरेका हुन् । त्यसैगरी, सेती देवी नि.मा.वि.लाई १ सय ५० थान पुनः प्रयोग हुने कपडा मास्क १ सय थान सर्जिकल मास्क २० थान हातधुने साबुन, कालीकादेवी प्रा.वि.लाई १ सय ५० थान पुनः प्रयोग हुने कपडाको मास्क, २० थान हातधुने साबुन र बाल उन्नति प्रा.वि.लाई १ सय थान कपडाको पुन प्रयोग हुने मास्क र १० थान हातधुने साबुन बाल हस्तान्तरण गरिएको छ ।
यसैगरी कोरोनाबाट प्रभावित रहेको सिम्थली साविक ७ नम्बर वडाको प्रत्येक घरलार्इ साबुन र मास्क वितरण गरिएको उनले बताए । विद्यालयहरु बाहेक ३ सय पिस पुन प्रयोग गर्न मिल्ने मास्क र १ हजार ९ सय पिस सर्जिकल मास्क र १ सय ५० पिस साबुन सिम्थलिको जनताको लागि वितरण गरिएको उनले जानकारी दिए ।
मुलुकभर कोरोना नियन्त्रणका लागी जारी लकडाउनको प्रभावले भुम्लुको सिम्थलिमा पनि सबै विद्यालय बन्द भएको बताउँदै अहिले संचालनमा ल्याउनु पहिले कुनै पनि स्वास्थ सुरक्षा सतर्कता नअपनाइएको पाइएको उनले बताए ।
साथै,समाजसेवी भण्डारीले सिम्थलिवासिलार्इ आवस्यक काम बाहेक कोही कसैलाइ नभेट्न र नआत्तिन समेत अपिल गरेका छन् । आवस्यक परेको बेला जुनसुकै अप्ठ्यारोमा सिम्थलिवासिलााई आफ्नो साथ रहेको र यी बेला सबै राजनीतिक दल र समाजलगायत सवैले सिम्थलिलार्इ सुख र दुखमा एकजुट भएर अगाडि बढनु आवश्यकता रहेको उनको भनाई छ।
कोरोना संक्रमणका कारण सिम्थलिमा एक जना महिलाको मृत्यु भइसकेको र अन्य २ जना संक्रिय संक्रमित रहेकाले बाक्लो पहरी बस्ती रहेको गाँउ कोरोना सङक्रमणको उच्च जोखिममा परेको उनको भनाई छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया