डा.केसीका माग पूरा गर्न सरकारलाई चिकित्सक संघको दबाब

काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको अनशन २७ दिन पुग्दासम्म पनि सरकारले केवल औपचारिकताका लागि मात्र वार्ता गरेको भन्दै आन्दोलन घोषणा गरेको छ ।

संघले वार्तामा सरकार गम्भीर नभएकाले आइतबार देशैभरका अस्पतालमा आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको छ । संघले आतबारसम्म पनि सत्याग्रह अन्त्य नभएको अवस्थमा यसभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले यसअघि शुक्रबार सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो ।

तर, सरकारले वार्ता टोली गठन गरेर वार्ता सुरु भएपछि आन्दोलनको कार्यक्रम स्थगित गरेको थियो । शनिबारदेखि वार्ता स्थगित गरेर सरकारी वार्ता टोलीले केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया