पछिल्लो २४ घण्टामा ३५५६ जना कोरोना संक्रमित थपिए, थप १८ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको बताए। काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जनामा संक्रमण पुष्टि भएको छ ।यो संगै सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार तीन सय ५८ दुई पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ६३ पुगेको प्रवक्ता गौतमले जानकारी दिए।

पीसीआर विधिबाट १५,५७७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४,७९५ जना रहेका छन् । आइसोलेसनमा ३५,९१५ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार थप १५०३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७८,७८० पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा ३०७ र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: