नेकपाका दुई अध्यक्षले बुढीगण्डकीमा घुस लिएको भन्ने अभिव्यक्ति कपोलकल्पित : नेकपा

काठमाण्डौं । नेकपाले बुढी गण्डकी जलबिद्युत आयोजनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी ओलीले अरबौं घुस लिएको भन्ने पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको भनाई आपत्तिजनक भएको जनाएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले बिज्ञप्ति जारी गरि उक्त अभिब्यक्ति आधारहीन, झुठा, गलत कपोलकल्पित एव दुराशयपू्रर्ण भएको जनाएका छन् । प्रवक्ता श्रेष्ठले पूर्व प्रधानमन्त्री डा भट्टराईले सार्वजनिक रुपमा माफी माग्नुपर्ने पनि माग गरेका छन् । डा भट्टराईले केहि दिन अघि ओली, प्रचण्ड र देउवा मिलेर बुढीगण्डकीमा अरबौं भ्रष्टाचार गरेको प्रमाण आँफूसंग भएको दाबी गरेका थिए ।
उक्त भनाईको नेपाली कांग्रेसले पनि खण्डन गरिसकेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया