पछिल्लो २४ घण्टामा ४,३९२ कोरोना संक्रमित थपिए, थप २१ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको बताए । काठमाडौंमा १ हजार ७ सय ८४, भक्तपुरमा २ सय ४४ र ललितपुरमा ३ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

पीसीआर विधिबाट १६ हजार ५३१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४ हजार ८ सय ८ जना रहेका छन् भने आइसोलेसनमा ३७ हजार ३ स य ८२ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २१ जनाको मृत्युभएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात सय १५ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

शुक्रबार थप ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको मन्त्रालयले जनाएको छ । आइसियू ३१५ र भेन्टिलेटर ७७ जनाको उपचार भइरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया