कोरोना संक्रमितको नि:शुल्क उपचार गर्छौ : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएको छ । केन्द्र सरकार जिम्मेवारीबाट पन्छिए पनि प्रदेशले संक्रमितको उपचार नि शुल्क गर्ने भएको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ३८ आइसोलेसनबाट संक्रमितको नि:शुल्क उपचार भइरहेको जानकारी दिए । ‘हालसम्म जुन ढंगबाट निशुल्क उपचार हुँदै आएको छ । त्यो उथावत रहन्छ,’ मुख्यमन्त्री गुरुङले भने, अझ पहिलाभन्दा झन् व्यवस्थित गरिन्छ ।
प्रदेश सरकारले गण्डकी प्रदेशभरमा निशुल्क रुपमै उपचार गर्ने व्यवस्था यथावत मात्र नराखेर थप प्रभावकारी बनाउने योजना बनाइरहेको उनले बताए । सबै जिल्लाहरुमा आइसियु बेडको व्यवस्था हुनै लागेको भन्दै उनले नागरिकको स्वास्थ्यका लागि आफूहरु जिम्मेबार रहेको बताए ।
मुख्यमन्त्री गुरुङका अनुसार लमजुङ, स्याङ्जा र नवलपुर बाहेक सबै जिल्लामा आइसियुको व्यवस्थापन गरिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारबाट सरकार पछि हटेको बताएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया