युरोपियन युनियनको उडान प्रतिबन्ध चाँडै हट्छ : पर्यटनमन्त्री भट्टराई

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एभिएसन सेफ्टी रिपोर्ट’ २०२० सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्राधिकरणले सेफ्टी रिपोर्ट २०२० सार्वजनिक गरेको हो । प्राधिकरणले जारी गरेको सेफ्टी रिपोर्टमा नेपालमा हाल १० वटा हेलिकोप्टर कम्पनी सञ्चालनमा रहेका र ९ वटा आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले हवाई सेवा प्रदान गर्दै आएको उल्लेख छ । साथै ४ वटा अन्तर्राष्ट्रिय उडान लाइसेन्स प्रदायक विमान कम्पनी र ४ वटा अल्ट्रालाइट कम्पनी रहेको समेत प्राधिरकणले जनाएको छ ।
प्राधिरणले सन् २०१९ मा अन्तर्राष्ट्रिय हवाई मुभमेन्ट समेत सन् २०१८ को तुलनमा ४ दशमल ४ प्रतिशतले घटेको रिपोर्टमा उल्लेख छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपियन युनियनको आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउनुपर्ने अवस्था अहिले नरहेको बताए ।
प्रविधिको हिसावले केहि पछाडि परेपनि नेपालको उड्डयन क्षेत्रको प्रगति अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसंशायोग्य नै रहेको उनको भनाई छ । उनले विभिन्न कारणले युरोपियन युनियनको आकाशमा लगाइएको प्रतिबन्ध छिट्टै हट्ने पनि बताए । उनले नागरिक उड्डयन प्राधिकरणको संरचनालाई दुई भागमा विभाजन गरी कानून संसदमा पुगेको उल्लेख गरे ।

कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उड्डयनको क्षेत्रमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजानुपर्ने बताए । प्राधिकरणले हवाई क्षेत्रमा सुरक्षा सबै भन्दा बढी महत्वपूर्ण विषय भएकाले सुधारको क्रममा रहेको उनको भनाई थियो । प्राधिकरणले सार्वजनिक गरेको रिपोर्टमा नेपाली हवाई आकाशलाई थप सुरक्षित बनाउनका लागि भएका प्रयासलाई पनि समेटिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया