सरकारद्वारा नेपाली जनता र नेपाली कांग्रेसमाथिको घोर अपमानः नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट तानाशाह प्रवृतिविरुद्ध आन्दोलन जारी रहने बताएका छन् । तनहुँको व्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल उद्घाटन कार्यक्रममा वरिष्ठ नेता पौडेलले कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्ध आन्दोलन जारी रहने बताएका हुन् ।

उनले भनेका छन्, “लोकतान्त्रिक मुल्य र मान्यताविपरीत नेपाली जनता, नेपाली कांग्रेसमाथिको घोर अपमान र अत्याचारप्रति खेद गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्ध हाम्रो आन्दोलन जारी रहनेछ ।”

उनले सत्ता र शक्तिको दुरुपयोग गरि उपभोक्ता समिति, स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छाविपरीत तनहुँको कार्यक्रम रोक्ने काम भएको पनि बताए । पौडेलले घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाहीको दायरामा ल्याउन पनि माग गरेका छन् ।

बुधबार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि पुल उद्घाटन कार्यक्रम रोकिएको थियो । आज तनहुँमा कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्नबाट प्रशासन पछि हटेको पौडेलले जनाएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया