
काठमाडौं । सत्तारुढ नेकपामा देखिएको विवाद समाधानका लागि स्थायी कमिटीमा छलफल गरिने भएको छ । सचिवालय बैठकले पार्टीमा देखिएको विवाद समाधान गर्न नसकेपछि दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटी बैठकमा छलफल गरिने भएको हो ।
शनिबार बसेको सचिवालय बैठकले आइतबारका लागि तय गरिएको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षको प्रस्ताव र पार्टीको संकट निवारणका लागि पेस भएका सबै प्रतिवेदन लगिने निर्णय सचिवालयले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार आइतबार एक बजे स्थायी कमिटीको बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । आजको सचिवालय बैठकअघि दुवै अध्यक्ष छलफलमा जुटेपनि सहमति भने हुन सकेन ।
फेसबुकबाट तपाइको प्रतिक्रिया