
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी पत्रमार्फत् पठाएका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि औपचारिक रूपमा छलफल गर्न नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले पत्र पठाएका हुन् । अध्यक्ष ओलीको उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटी बैठकमा वाचन गरेर सुनाएका थिए ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गरेर आफ्नो अनुपस्थितिको कारण देखाउँदै पत्र पठाएको जानकारी दिए ।
‘बैठकको सुरूमै सचिवालय सदस्य ईश्वर पोखरेलले उक्त पत्र वाचन गरेर बैठकलाई जानकारी गराउनुभयो। अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावलाई औपचारिक रूपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यसै कारणले आफू बैठकमा नआएको उल्लेख गर्नुभएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया