अध्यादेश जारी भएसंगै संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौं । संवैधानिक परिषदको बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरु राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित छन् ।
प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने उपस्थित भएका छैनन् ।

सरकारले मंगलबार नै ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशअनुसार प्रधानमन्त्रीसहित ३ जना सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ । र ३ जना सहमत भएमा निर्णय पनि गर्न सक्नेछ ।
विभिन्न संवैधानिक निकायमा गरी रिक्त ४५ सदस्य नियुक्तिका लागि परिषद बैठक बसेको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया