गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि राप्तीलाई

काठमाडौं । राप्ती टिमले गौतमबुद्ध कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले पहिलो संस्करणको उपाधि जितेको हो ।

चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रनमा समेटियो ।

यसअघि पहिले ब्याटिङ गरेको नारायणीले २० ओभरमा १ सय ४३ रन बनाएको थियो । तीन टिम सहभागी प्रतियोगिता बागमती प्रदेश क्रिकेट संघले आयोजना गरेको थियो । लामो समयदेखि क्रिकेट ठप्प रहेको कारण क्रिकेट चलायमान बनाउन प्रदेश क्रिकेट संघले प्रतियोगिता आयोजना गरेको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया