संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

काठमाडौं । संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन् । यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् ।
स्थायी कमिटीको बैठकअघि बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्ड छलफल भएको थियो । ओली र प्रचण्डविचको छलफलपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको स्रोतले जानकारी दिएक्ने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया