
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )को प्रचण्ड नेपाल पक्षले आफूहरुको बहुमत दाबी गर्दै निर्वाचन आयोगमा हस्ताक्षर बुझाएको छ ।
माइतीघरमा विरोध प्रदर्शनपछि जुलुससहित प्रचण्ड नेपाल पक्ष हस्ताक्षर बुझाउन कान्तिपथस्थित निर्वाचन आयोग पुगेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख आयुक्त दिनेश थपलियालाई बहुमत २९७ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाएका छन् ।
प्रचण्ड नेपाल पक्षको बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन घोषणा गरेको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया