
विश्वमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या १९ लाख ८६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी १६ हजार २६९ संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १९ लाख ८६ हजार ६९६ पुगेको छ । यसअघि बुधबार १६ हजार १ जनाको मृत्यु भएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा ७ लाख ४० हजार २२९ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ९ करोड २७ लाख ६७ हजार ८४५ पुगेको छ । हालसम्म ६ करोड ६२ लाख ८८ हजार १९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यसैगरी, संक्रमितमध्ये २ करोड ४४ लाख ९३ हजार १०३ जना सक्रिय संक्रमितको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उपचाररतमध्ये १ लाख १० हजार ६९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा एकैदिन ४ हजार ८५ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ९२८ पुगेको छ ।
यस्तै, एकैदिन २ लाख ३४ हजार ७९६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड ३६ लाख १६ हजार ३४५ पुगेको छ । छिमेकी मुलुक भारतमा संक्रमित संख्या १ करोड ५ लाख नाघेको भने अहिलेसम्म १ लाख ५१ हजार ७६५ जनाको मृत्यु भएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया