वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउछौं : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले काठमाडौंमा देशभरिबाट अलिअलि मान्छे जम्मा गरेको टिप्पणी गर्नु भएको छ ।

शुक्रबार बबरमहलमा आफू निकट पेशागत संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कार्यकर्तालाई ‘मुंगेरीलालके हँसिन सपने’ नामको पुरानो हिन्दी फिल्म युट्युवमा खोजेर हेर्न र प्रचण्ड नेपाल सँग तुलना गर्न सुझाव दिनुभयो ।

कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउने चेतावनी दिनुभयो ।

प्रचण्ड-नेपाल समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै प्रधानमन्त्री ओलीले भने ‘खुट्टी देखेरै पत्याइयो । उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।

प्रचण्ड-नेपाल समूहलाई संसद पुन स्थापना गर्न अदालतलाई धम्की नदिनसमेत प्रधानमन्त्री ओलीले चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल बाहिरिएपछि नेकपा अझ अनुकुल परिस्थितिमा पुगेको बताउनुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया