निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई छलफलका लागि बोलायो

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै समूहलाई छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार शुक्रबार नेकपाका दुई वटै समूहलाई छलफलका लागि बोलाइएको हो ।

अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलका लागि पाँच/पाँच जनालाई आउन भनिएको श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड-नेपाल गरी दुई वटा समूह क्रियाशील छन् ।

यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गर्दै आएका छन् । प्रतिनिधिसभा विघटन गरी सरकारले वैशाख १७ र २७ मा निर्वाचनको मिति घोषणा गरिसकेको छ । तर प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया