हामी देश बनाउने दिशामा अगाडि बढेका छौं : प्रधानमन्त्री ओली

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिएर अस्थिरता ल्याउन खोजिएपछि संसद विघटन गरेको बताएका छन् ।

सोमबार शहीद स्वर्गीय हेमनारायण यादवको स्मृति दिवसलाई सिरहामा सम्बोधन गर्दै ओलीले भने, ‘काम गर्न नदिनेहरू साइड लागे । पार्टी शुद्धीकरण भयो ।

उनीहरूले बिगार्ने र भत्काउने काममात्र गरे । हामी देश बनाउने दिशामा अगाडि बढेका छौं । हिमाल, पहाड, तराई सबै ठाउँमा एकनासले विकास हुन्छ ।

संसद विघटन संवैधानिक भएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, समयमै चुनाव हुन्छ । निर्वाचन आयोग र अदालतलाई धम्क्याउने काम भइरहेको छ । तर, ढुक्क हुनुस् संसद पुनस्स्थापना हुँदैन ।
प्रचण्ड-माधव पक्षको आन्दोलनप्रति लक्षित गर्दै ओलीले अब आन्दोलनमा कोही नअलमलिने हामी देश बनाउने दिशामा अगाडि बढेका छौं बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया