
काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली गुट स्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि भएको बताएका छन् ।
ट्वीट गर्दै रावलले आमसभाबाट अदालतलाई धम्क्याउनु त्यसैको उदाहरण भएको बताएका हुन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्राउनु, राजनीतिको अपराधिकरण गर्नु र आफैं कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नं.२ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ। ’
फेसबुकबाट तपाइको प्रतिक्रिया