
काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले अब साविकको पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ ।
सोमबार पेरिसडाँडामा बसेको बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको छ ।
सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो ।
सर्वोच्चको जुन फैसला आयो अब नयाँ ढंगबाट नेपालको सबै कम्यूनिष्टहरुको एकतामलाई निरन्तरता दिने नेता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया