एमाले र जसपा विच उच्चस्तरको छलफल,तीनबुँदे शर्तमा प्रधानमन्त्री सकारात्मक

काठमाडौं । जनता समाजवादी पार्टी जसपा ले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गरेका थिए । पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

जसपाका नेता लक्षणलाल कर्णका अनुसार हामीले कैदीबन्दी साथीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन हाम्रो बटमलाइन हो भनेका छौं । प्रधानमन्त्रीजीले म सकारात्मक छु भन्नु भएको छ ।

उनका अनुसार अबको वार्ता कार्यदल स्तरमा हुनेछ । एमालेले जसपासँग वार्ता गर्न सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको कार्यदल बनाएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई खटाएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया