
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेका व्यक्ति नै राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले उनीहरुले जतिसुकै षड्यन्त्र गरेपनि त्यो सफल नहुने बताएका हुन् ।
उनले भने,‘देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितका विपरीत गतिविधि गर्ने काममा स्वयम सरकारको नेतृत्व गर्ने प्रमुखहरू नै लागेका खबरहरूले नेपाल र नेपाली जनताको इज्जत, प्रतिष्ठा र उनीहरूको आत्मसम्मान तथा राष्ट्रिय स्वाधिनतामाथि प्रश्न चिन्ह खडा गर्ने दुस्साहस भएको छ।’
संसद विघटन संविधान उल्लंघन गरी गरिएको र जनताको खबरदारीका कारण अदालतले पुनःस्थापना गरेको भन्दै अध्यक्ष प्रचण्डले प्रगति विरोधी तत्वहरु फेरि मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने प्रयासमा रहेको बताए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया