
काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ८–१० दिनभित्र नेपाललाई लिक्विड अक्सिजन दिने बताएका छन् । कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै भारतले अक्सिजन निर्यातमा रोक लगाएको थियो ।
सोमबार एक भर्चुअल कार्यक्रममा बोल्दै राजदूत क्वात्राले संकटमा रहेको नेपाललाई निरन्तर सहयोग गर्ने बताए ।‘आगामी ८–१० दिनभित्र लिक्विड अक्सिजनको ट्यांकर नेपाल आइपुग्ने छ,’ उनले भने । भारतले नेपाललाई २३ लाख कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको पनि उनले बताए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया