नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना संक्रमण फेला

काठमाडौं । नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा कोरोनाका भेरियन्ट फेला परेको हो ।भारतमा भेटिएका ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको प्रकार नेपालमा पनि फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले जनाएको छ ।

हाल पत्ता लागेका नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनले देखाएको छ ।हाल नेपालमा कोरोना संक्रमित गम्भीर हुने दर र मृत्युदर बढ्नुको कारण पनि नयाँ भेरियन्टको संक्रमण भएको विज्ञले बताएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया