एम्बुलेन्समा १०० किलो गाँजा सहित दुईजनालाई पक्राउ

काठमाडौं ।इलाका प्रहरी कार्यालय धरानले गएराति एम्बुलेन्समा १०० किलो  गाँजा सहित दुईजनालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो । भेडेटारबाट धरानतर्फ आइरहेको  हुडेप नेपाल लेखिएको  को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको  प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एम्बुलेन्सलाई शंका लागेर जाँच गर्दा पछाडी भागमा २५ केजीका चार झोलामा १०० किलो गाँजा फेला प¥यो ।” एम्बुलेन्स चालक धरान उपमहानगरपालिका –१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटा सहिदभूमी गाउँपालिका १ घर भई हाल धरान उपमहानगरपालिका –११ बस्नेत २८ वर्षीय पोषण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालतबाट आज लागूऔषध मुद्दामा उनीहरुलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीले अभियुक्तले अबैध सो लागूपदार्थ धनकुटाबाट भारतमा बेच्न लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान जारी रहेको  जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया