काठमाडौं । नेपालमा थप ६८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६८५५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४९१११ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२८६७० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७०४७ पुगेको छ । क्वारेन्टाइनमा ८०९ जना छन् भने आइसोलेसनमा ११३३९४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया