थप २६०७ मा कोरोना पुष्टि,३९ को मृत्यु,२१४१ जना संक्रमणमुक्त

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण हुने मृत्युदरमा निरन्तर कमी आएको छ । पछिल्लो २४ घण्टामा नेपालमा संक्रमणबाट ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाबाट हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ५९७ रहेको छ ।

नेपालमा संक्रमितमध्ये मृत्यु हुने प्रतिशत १ दशमलव ४० प्रतिशत रहेको छ । नेपालमा अहिलेसम्म जम्मा ६ लाख ४ हजार ४० जना संक्रमित भएका छन् ।गत २४ घण्टामा १२ हजार ४ सय ८४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २६०७ जना संक्रमित भएका छन् ।

यस्तै, २ हजार १४१ जना निको भएका छन् । नेपालमा निको भएको दर ८८ दशमलव ६ प्रतिशत रहेको छ । अहिलेसम्म कोरोनाबाट ५ लाख ४५ हजार ६ सय ६२ जना निको भएका छन् ।क्वारेन्टाइनमा ४८७ जना छन् भने आइसोलेसनमा ६१७२५ जना सक्रिय संक्रमित रहेका जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया