थप २,६३८ मा कोरोना संक्रमण,४३४८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २,६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २,६३६ जनामा संक्रमण पुष्टि भएको हो । मङ्गलवार पुष्टि भएकामध्ये काठमाडौंमा ३०२ जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः १०० र ५६ जना रहेका छन्।योसँगै कोरोना संक्रमितको संख्या ६ लाख ३६ हजार ९१६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४३४८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९०७१ पुगेको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ३३८ जना छन् भने आइसोलेसनमा ३५३१० जना सक्रिय संक्रमित रहेका छन् ।

अहिले देशभरिका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २६ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

 

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: