
जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी सदस्यमा जापानबाट लक्ष्मण बाँनियाले उम्मेद्वारी दिने तयारी गर्नु भएको छ ।
हाल जापानको उपाध्यक्ष पदमा,निवर्तमान क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक बानियाँले आइसीसीमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
जापानका युवा व्यवसायीका रुपमा परिचित बानियाँले आफ्नो ब्यवसायीसंगै समाज सेवालाई प्राथमिकतामा राखेर प्रायः सबै संस्थाहरुमा सल्लाह सुझाव दिने, विधार्थीलाई दुःखमा साथ दिनु नै ठुलो धर्म ठान्दछन् । एनआरएनए क्युस्युसँग नजिक रहेका बानियाँ एनआरएनए क्युस्यु कार्यसमितिको उपसंयोजक हुँदै २०१७-०१९ कार्यसमिति संयोजक भएका थिए ।
बानियाँले नेपाल सरकार, उद्योग वाणिज्य महासंघ लगायत व्यवसायीहरुसँग सहकार्य गरी नेपालमा लगानी भित्राउने, जापानबाट प्राप्त ज्ञान, सिप, क्षमता र पुँजीलाई नेपाल लैजान पहल गर्ने, जापानिज पर्यटक नेपाल लैजान योजना बनाएका छन ।
फेसबुकबाट तपाइको प्रतिक्रिया