कालिका थापाले एनआरएनए जापानको महिला उपाध्यक्षमा उम्मेद्वारी दिने

जापान । एनआरएनए जापानको २०२१-०२३ कार्यकालका लागि वर्तमान कार्यसमितिकी कोषाध्यक्ष कालिका थापाले महिला उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन ।
नैतिकता इमानन्दारिता र स्वाधीनता, एनआरएनएमा महिला सहभागिता भन्ने मान्यताका साथमा थापाले महिला उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन ।

बिगतका योजना र प्रतिबद्धतालाई निरन्तरता दिनका साथै संस्थालाई विधि पद्धतिमार्फ़त संचालन गर्दै संस्थागत विकासमा जोड दिने, जापानमा रहेका महिलाहरूको परिवार र बालबच्चाबाट टाढा रहदाको तनावपुर्ण जीवनलाई सहज बनाउन मनोपरामर्शका कार्यक्रम संचालन गर्ने लगायतका योजना थापाले अघि सारेकी छन ।

एनआरएनए जापानमा महिला संयोजक र दुई कार्यकाल कोषाध्यक्षको रूपमा रहेर संस्थाको हितलाई केन्द्रमा राखेर हरेक काम सम्पादन गरे उम्मेदवारी घोषणा गर्दै थापाले उल्लेख गरेकी छन संस्थालाई अहित हुने कुरामा मैले जहिलेपनि स्पष्टरूपमा अडानका साथ आफ्नो ज़िम्मेवारी निर्वाह गर्दै आएकी छु ।
पाँच बुँदे योजना सहित उम्मेदवारी सार्वजनिक गरेकी थापाले बिगतका योजना र प्रतिबद्धतालाई निरन्तरता दिनका साथै संस्थालाई बिधी पद्धतिमार्फ़त संचालन गर्दै संस्थागत विकासमा जोड दिने, आर्थिक अनुशासनलाई सहि ट्र्याकमा लैजानका लागि सहयोगी भूमिका निर्वाह गर्ने उल्लेख गरेकी छन ।

थापाले सार्वजनिक गरेको प्रतिबद्धता

नेपालदेखि नै समाजका हरेक क्रियाकलापमा सक्रियतापूर्वक सहभागिता जनाउदै आएकि म जापान प्रवेशसंगै समाजिक संघ संस्थामार्फ़त सामाजिक सेवा र मानवीय सेवामा सहकार्य गर्ने अवसर पाएकोमा धन्य समझदै यसै शिलाशिलामा जापानको एनआरएनए अभियानमा सहयोगी हुने एउटा अबसर मिल्यो ।
एनआरएनए जापानको यस अभियानमा २०१५ बाट ज़िम्मेवार पदमा रहेर आफ़नो पदीय भूमिका जवाफदेही रूपमा निर्वाह गर्दै आइरहेको यहाँहरुलाई अवगत नै छ भन्ने विश्वास लिएकी छु । त्यसका निम्ति म यहाँहरु सबैमा अन्तरहृदय देखी हार्दिक आभार ब्यक्त गर्दछु ।
यस एनआरएनए जापानमा महिला संयोजक र दुईकार्यकाल कोषाध्यक्षको रूपमा रहेर संस्थाको हितलाई केन्द्रमा राखेर हरेक काम सम्पादन गरे । संस्थालाई अहित हुने कुरामा मैले जहिलेपनि स्पष्टरूपमा अडानका साथ आफ़नो कुरा राखे ।

अत: जति समय मैले सस्थाको जिम्मेवार पदमा रहेर कार्य गरे आफुलाइ संस्था र नेपाली समुदायका नागरिकप्रति उत्तरदायी बनाएर कार्य गरे र अझैपनि नेपाली समुदायका लागि सामाजिक सेवा पुर्याउनका निम्ति आगामी कार्यकालमा पनि रहनु पर्ने आवश्यकता महशुस गर्दै एनआरएनए जापानको एनसिसिको कार्यकाल २०२१- २०२३ मा महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छु ।
१.कोरोना महामारी र संस्थामा देखिएका केही असहजताका कारण २०१९-२०२१ कार्यकाल सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेकोमा यहाँप्रति क्षमाप्रार्थी रहदै तिनै बिगतका योजना र प्रतिबद्धतालाई निरन्तरता दिनका साथै संस्थालाई बिधी पद्धतिमार्फ़त संचालन गर्दै संस्थागत विकासमा जोड दिने मेरो प्रमुख काम रहनेछ ।
२.सस्थाको सौन्दर्य आर्थिक अनुशासन हो भन्ने राम्रोसंग बुझेकोले यसलाई सहि ट्र्याकमा लैजानका लागि मेरो सहयोगी भूमिका रहनेछ ।
३.जापानमा रहेका महिलाहरूको परिवार र बालबच्चा बाट टाढा रहनु पर्दाको तनावपुर्ण जीवनलाई सहज बनाउन मनोपरामर्शका कार्यक्रम संचालन गर्ने ।
४.समाजमा आउन चाहने महिला दिदी बहिनीहरूलाई प्रोत्साहान र हातेमालो गर्दै अगाडी बढ्ने
५.जापानबासी नेपाली बालबालिका तथा जेष्ठ नागरिकहरुको जीवनयापनमा सहज हुने कार्यकमहरु गर्ने,जानकारीमूलक सूचनाहरु आदानप्रदान गर्नका निम्ति अन्य संघसंस्था एवं जापान सरकारका बिभिन्न निकायहरु सम्म सहजिकरण गर्ने,
र अन्त्यमा एनआरएनएको अभियानमा नजिक रहेर काम गर्दै आइरहेकोले आगामी दिनमा संघलाई मेरो अनुभव र क्षमता प्रयोग गरि सेवा प्रदान गर्ने साथ र सहयोगका लागि सविनय अनुरोध गर्दछु ।
धन्यबाद
कालिका थापा
महिला उपाध्यक्ष, गैरआवासीय नेपाली संघ जापान (२०२१ २०२३)

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: