प्रथम भेट्रान्स गोल्ड कप सम्पन्न, टोकियो भेट्रान्स फुटवल क्लव हात पार्यो उपाधी

जापान । कावासाकी वुल्स फुटवल क्लवद्वारा आयोजित प्रथम भेट्रान्स गोल्ड कपको उपाधी टोकियो भेट्रान्स फुटवल क्लवले जितेको छ । उपाधी भिडन्तमा नेपाल युनाईटेडलाई ३ २ ले हराउँदै टोकियो भेट्रान्सले उपाधी चुमेको हो ।
विजेताले ट्रफी सँगै २० मान जापानी येन प्राप्त गरेको छ भने उपविजेता नेपाल युनाईटेडले १० मान येन र ट्रफी प्राप्त गरेको गरेको छ । कुल सहभागी ८ टिममा पुन क्लव जापानले अनुशासित टिम भएसँगै ट्रफी प्राप्त गरेको छ ।
ब्यक्तिगत उपाधीतर्फ उत्कृष्ट फरवार्डमा टोकियोका संगित शाक्य, उत्कृष्ट डिफेन्डर युनाईटेडका रोशन वोजिमायो, उत्कृष्ट गोलकीपर टोकियोकै सुरज केसी ९देवराजु, मोस्ट भ्यालुएवल
खेलाडीमा नेपाल युनाईटेडका विसान गौचन चुनिएका थिए । ब्यक्तिगत उपाधी पाएका उत्कृष्ट

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि ईश्वर गुरुङ नमस्ते व्याण्ड, समाजसेवी विशेष अतिथिहरु अनिता गुरुङ,शिव प्रसाद पौडेल, बुद्धि गौचन, सौगात गुरुङ, श्री गुरुङ, याम गुरुङ, रित राना, नविन निउरे, सिद्धार्थ श्रेष्ठको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: